एनसेल बाह्रखरी गल्फको उपाधि पूर्वसचिव कार्कीलाई

पोखरा । पोखरास्थित हिमालयन गल्फ कोर्समा भएको आमन्त्रण एनसेल बाह्रखरी गल्फ प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीले हात पारेका छन् । उनले ३५ स्कोर गर्दै सुनको बलसहित ट्रफी हात पार्न सफल भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी भारतीय खेलाडी रवीन्दर साइनी, एआईजी हरिबहादुर पाल र वसन्त गौचनले ३३ स्कोर गरेका थिए । तीन जनामध्ये साइनीले काउन्ट ब्याकमा उपविजेताको ट्रफी हात पारे । उपविजेताको उपाधि हात पार्न साइनीले दोस्रो हाफमा १९ स्कोर गरे । जहाँ पालले १७ र गौचनले १५ स्कोर गरेका थिए ।

प्रतियोगितामा बेस्ट ग्रसको उपाधि सुरेन्द्र फुयाँलले हात पारे । जसका लागि उनले २८ ग्रस पोइन्ट हासिल गरेका थिए । महिलातर्फको प्रतिस्पर्दामा रेखा घिमिरे २३ अंक प्राप्त गर्दै विजयी बनेका थिए । जसमा पोर्जुगलका खेलाडी सोफी ह्यामनले १८ स्कोर गरेर दोस्रो भइन् । ६० वर्षमाथिका खेलाडीको प्रतिस्पर्धामा टेन्डी शेर्पा ३० अंकका साथ वियजी भएका थिए ।

पोखराका खेलाडी रमेश गुरुङले तीनवटा बडिज प्रहार गर्दै मोस्ट बडीजतर्पmको उपाधि हात पारेका थिए । क्याप्टेन नोर्बु छिरिङ शेर्पाले लङ्गेस्ट ड्रइभको उपाधि जिते । चौथो होलमा राखिएको होल इन वान कारको उपहार प्राप्त गर्न प्रतियोगितामा सहभागी ७४ खेलाडी सफल हुन नसकेको सो प्रतियोगितामा क्लोजेस्ट टु द पिनको उपाधि पोखराका खेलाडी बलराम थापाले हात पार्न सफल भए ।

jutta mela

चौथो होलमा राखिएको होल इन वान कारको उपहार प्राप्त गर्न प्रतियोगिताका ७४ खेलाडी सफल हुन सकेनन् । तर पनि क्लोजेस्ट टु द पिनको उपाधि पोखराका खेलाडी बलराम थापाले हात पारे । उनी होल इन गर्न ६ इञ्चको दूरी मात्र थियो ।

प्रतियोगिताका विजयी खेलाडीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ लगायतले उपाधिसहित ट्रफी वितरण गरे । सो अवसरमा मन्त्री ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्याका समाधानका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।

प्रतियोगिताले पोखरा सुरक्षित र खुल्ला छ भन्ने सन्देश दिन सफल भएको उल्लेख गर्दै उनले कोरोना भाइरसको कारण थला परेको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कन थालेको बताए । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ग, बाह्रखरी मिडियाका अध्यक्ष प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेन्द्र आचार्यलगायतले गल्फ खेलको महत्व एवं पर्यटन क्षेत्रमा पु¥याउने योगदानका बारेमा चर्चा गरे ।

You might also like

Comments are closed.