काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं अन्तर्गतको वाणिज्य तथा आपूर्ति समितिको सभापतिमा दुर्गाराज श्रेष्ठ मनोनीत भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दीनेश श्रेष्ठले समितिको सभापतिमा दुर्गाराज श्रेष्ठलाई मनोनीत गरेका हुन् ।
समितिको उपसभापतिमा अमुलकाजी तुलाधर मनोनीत भएका छन् । सदस्यहरुमा लक्ष्मीप्रसाद पौडेल, धिरज श्रेष्ठ, रामहरि घिमिरे, निलप्रसाद घिमिरे, भरत बराल, जयराम सापकोटा, भीमप्रसाद शर्मा र नवीन लुईंटेल छन् ।
मनोनीत सबैलाई संघका अध्यक्ष श्रेष्ठले सोमबार आयोजित एक कार्यक्रमबीच मनोनयनपत्र वितरण गरेका छन् ।
Comments are closed.