काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको पाँचौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेसन सफलतापूर्वक सम्पन्न भएको अवसरमा संघका नवनिर्वाचित अध्यक्ष रमानाथ श्रेष्ठले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै अध्यक्ष श्रेष्ठले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सम्पूर्ण सरोकारवालाहरूप्रति आभारी व्यक्त गरे ।
संघका अध्यक्ष श्रेष्ठद्वारा जारी धन्यवाद ज्ञापनमा कान्तिपथस्थित होटल एल्लो प्यागोडामा आयोजित साधारण सभामा उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू, विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिहरू, वस्तुगत तथा क्षेत्रगत संघ–संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूलाई धन्यवाद दिइएको छ ।
‘संघका सदस्यहरू, उद्योगी–व्यवसायीहरू, शुभेच्छुकहरू, सञ्चारकर्मीहरू तथा सम्पूर्ण महानुभावहरूले पु¥याएको अमूल्य साथ र सहयोगको उच्च मूल्यांकन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संघका अग्रज एवं वरिष्ठ व्यक्तित्वहरूबाट प्राप्त सल्लाह, सुझाव, हौसला, प्रेरणा तथा मार्गदर्शनलाई हामी आगामी कार्यकालमा आत्मसात् गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछौं ।’
संघलाई सक्षम र सशक्त ढंगले अगाडि बढाई आजको अवस्थासम्म ल्याइपु¥याउन महत्वपूर्ण योगदान पु¥याउने संस्थापक अध्यक्ष लगायत सम्पूर्ण अग्रजहरूप्रति संघले विशेष आभार प्रकट गरेको छ ।

अधिवेशनमार्फत सर्वसम्मत रूपमा निर्वाचित भएको नयाँ कार्यसमितिले संघको उद्देश्य, व्यावसायिक हकहित तथा सदस्यहरूको अधिकार संरक्षणका लागि पूर्ण रूपमा समर्पित भई कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ । आगामी दिनहरूमा पनि सम्पूर्ण क्षेत्रबाट निरन्तर स्नेह, सहयोग र मार्गदर्शन प्राप्त भइरहने विश्वास संघले लिएको छ ।







Comments are closed.