काठमाडौँ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले उपसमितिहरूलाई पूर्णता दिने क्रम जारी राखेको छ ।
यसैक्रममा मेला, महोत्सव एवं प्रदर्शनी समितिलाई आइतबार पूर्णता दिइएको छ । फुपु तेन्जिङ शेर्पा सभापति रहेको उक्त समितिको सहसभापतिमा गणपतिलाल श्रेष्ठ र सुरेश बराल मनोनीत भएका छन् ।
संघका अध्यक्ष रमानाथ श्रेष्ठले विधानको व्यवस्था बमोजिम उनीहरूलाई मनोनीत गरेका हुन् ।
समितिको सदस्यहरूमा आयुष खतिवडा, रुकेश महर्जन, प्रशान्त मैनाली, टेकबहादुर काफ्ले, अनिला श्रेष्ठ र सुरेन्द्र पौडेल मनोनीत भएका छन् ।
आइतबार संघको सचिवालयमा आयोजित एक कार्यक्रमबीच मनोनीत हुनेहरूलाई अध्यक्ष श्रेष्ठले मनोनयन पत्र हस्तान्तरण गरे ।
उक्त अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको हकहितका लागि संघले निरन्तर काम गरिरहेको बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दुर्गाराज श्रेष्ठ, महासचिव प्रेमहरि मैनाली तथा सभापति शेर्पा लगायतले यसै समितिको नेतृत्वमा ’काठमाडौँ महोत्सव’ आयोजना हुने र यस वर्ष दोस्रो संस्करणको महोत्सव अझ भव्य र सभ्य हुने विश्वास व्यक्त गरे ।
सभापति शेर्पाले काठमाडौँ महोत्सवलाई निरन्तरता दिइने र छिट्टै आयोजनाको मिति सार्वजनिक गरिने जानकारी दिए ।



Comments are closed.