‘करको दर होइन दायरा बढाऔँ, निजी क्षेत्रलाई प्रोत्साहन गरौँ’

काठमाडौँ । देश सञ्चालनको मुख्य आधार नै कर तथा राजस्व भएकाले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र सम्मानजनक व्यवहार गर्नुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका कर तथा राजस्व समिति सभापति नरेश अग्रवालले राजस्व बढाउन करको दर बढाउनुभन्दा करको दायरा (ट्याक्स बेस) फराकिलो बनाउनुपर्ने बताएका हुन् । संघले आयोजना गरेको ‘योजना तर्जुमा कार्यशाला’मा समितिको तर्फबाट धारणा राख्दै सभापति अग्रवालले करका क्षेत्रमा समितिले सक्रियताका साथ काम गर्ने बताए ।

लघु, घरेलु तथा साना उद्यमीहरूलाई कर तथा राजस्वसम्बन्धी कानुनी प्रक्रियाबारे स्पष्ट पार्न विशेष तालिमको खाँचो रहेको बताउँदै उनले यसमा संघको समितिले नै पहलकदमी लिएर काम गर्ने प्रतिबद्धता जनाए ।

‘कर दर्ता, विवरण दाखिला र नवीकरणजस्ता प्रशासनिक प्रक्रियालाई झन्झटमुक्त र सहज बनाउनुपर्छ,’ अग्रवालले भने, ‘सरकारले केही करहरूमा छुट दिएर सकारात्मक कदम चाले पनि कतिपय नीतिहरू अझै अव्यावहारिक छन्, तिनलाई तत्काल संशोधन गरी करदातामैत्री बनाउन आवश्यक छ ।’

You might also like

Comments are closed.