उद्योग वाणिज्य संघ काठमाडौंको कर, राजस्व तथा भन्सार समितिलाई पूर्णता

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले कर, राजस्व तथा भन्सार समितिलाई पूर्णता दिएका छन् । समितिको सभापतिमा कार्यसमिति सदस्य एवं एनइएफएफएका वरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौला छन नियुक्त भएका छन् ।

समितिको सहसभापतिमा विशाल बजार व्यापार संघका अध्यक्ष नरेन्द्र कुमार गुप्ता नियुक्त भएका छन् ।

समितिको सदस्यमा राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोज कुमार श्रेष्ठ, जुत्ता चप्पल इम्पोर्टर्स संघका अध्यक्ष थानेश्वर ज्ञवाली, मार्ट संचालक संघका अध्यक्ष रंजित लामिछाने, खिचापोखरी न्युरोड व्यापार संघका निवर्तमान अध्यक्ष गणेश कुमार न्यौपाने, एनइएफएफएका उपाध्यक्ष नरेश कुमार अग्रवाल, फूटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका महासचिव ज्ञानेन्द्र प्रसाद दाहाल, रञ्जना व्यापार संघका सदस्य महेश पौडेल, नेपाल बितरक संघका सचिव नवराज दहाल, संघका साधारण सदस्यहरु कुमार खरेल, सहदेव बञ्जारा, गणेश कार्की, गणेश टन्डन मनोनित भएका हुन् । उनीहरुलाई मंगलबार आयोजित एक कार्यक्रमबीच मनोनयन पत्र वितरण गरिएको संघका महासचिव दुर्गाराज श्रेष्ठले जानकारी दिए ।

उक्त अवसरमा बोल्दै अध्यक्ष दिनेश श्रेष्ठले कर, राजस्व र भन्सारका क्षेत्रमा समितिको योगदान महत्वपूर्ण रहने र व्यावसायिक हितमा काम हुने विश्वास व्यक्त गरे ।

You might also like

Comments are closed.