काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आठौं भदौ २९ गते सोमबार स्थापना दिवस मनाएको छ । स्थापना दिवसको पूर्वसन्ध्या शनिबार वसन्तपुरमा संघले रक्तदान कार्यक्रम आयोजना गरेको थियाे । सो अवसरमा ७५ युनिट रगत संकलन भएको छ ।
यसैक्रममा कान्तिपथस्थित केन्द्रीय कार्यालयबाट संघले सोमबार शुभकामना सन्देश जारी गरेको छ । संघका अध्यक्ष रमानाथ श्रेष्ठले स्थापना दिवसको अवसरमा संघका संस्थापक अध्यक्ष, संस्थापक पदाधिकारीहरू, पूर्वपदाधिकारीहरू, सल्लाहकारहरू, कार्यसमितिका पदाधिकारी एवं सदस्य साथीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । साथै, विभिन्न विषयगत समितिका सभापति, सहसभापति र सदस्यहरू, समस्त साधारण सदस्यहरू, मिडियाकर्मी मित्रहरू एवं सम्पूर्ण शुभचिन्तकहरूमा पनि उनले शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष श्रेष्ठद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘संघको आठौँ स्थापना दिवसको यस सुअवसरमा विभिन्न विषयगत समितिका सभापति, सहसभापति र सदस्यज्यूहरू, समस्त सदस्यहरू, मिडियाकर्मी मित्रहरू एवं शुभचिन्तकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

स्थापनाकालदेखि नै राजधानीको व्यावसायिक क्षेत्रको प्रवद्र्धन, व्यवसायीहरूको हकहितको संरक्षण र आर्थिक समृद्धिका पक्षमा संघले भूमिका खेल्दै आएको छ । संघको संस्थापक अध्यक्ष दिनेश श्रेष्ठ हुन् ।



Comments are closed.