नेउवा संघ काठमाडौंको अधिवेशन सम्पन्न, रमानाथको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले रमानाथ श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको निबर्तमान अध्यक्षमा दिनेश श्रेष्ठ, उपाध्यक्षमा दुर्गाराज श्रेष्ठ, उज्ज्वल जंग पराक्रम शाह र राजेन्द्र शेरचन निर्वाचित भएका छन् । महासचिवमा प्रेमहरि मैनाली, सचिवमा सागर शाक्य, कोषाध्यक्षमा प्रदीपमान प्रधान र सहकोषाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ निर्वाचित भएका छन् ।

संघको कार्यसमिति सदस्यमा रामचन्द्र खेतान, केशवप्रसाद मैनाली, सत्यबहादुर श्रेष्ठ, दीपक भण्डारी क, दीपक भण्डारी ख, भुवन श्रेष्ठ, चन्द्रबहादुर थापा, गौतम भट्ट, पुष्पराज श्रेष्ठ, फुपू तेन्जिङ शेर्पा र नरेश कुमार अग्रवाल निर्वाचित भएका छन् । निर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत अरुण पौड्यालले सपथ ग्रहण गराएका छन् ।

यसैबीच, पहिलो कार्यसमिति बैठकबाट संघमा ५ जना सदस्य मनोनीत भएका छन् । राजेन्द्र संग्रौला, मिना गोपाली, गणपतिलाल श्रेष्ठ, कुशन प्रधान र लक्ष्मी खनाल मनोनीत भएसँगै कार्यसमितिले पूर्णता पाएको छ । मनोनीत सदस्यहरुलाई नवनिर्वाचित अध्यक्ष रमानाथ श्रेष्ठले सपथ ग्रहण गराएका छन् ।

बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । उक्त अवसरमा बोल्दै मन्त्री श्रेष्ठले उद्योग व्यवसायको विकास र प्रवर्द्धनमा बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन् । ‘निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्न सरकार तयार छ’ उनले भनिन् ।

You might also like

Comments are closed.