काठमाडौं । अगामी जेठ ९ गने हुने नेपाल उद्योग वाणिज्य संघ काठमाडाकोैं निर्वाचनको सरगर्मी बढेको छ । संघको अध्यक्षमा जय शिवाकोटी र रमानाथ श्रेष्ठबीच प्रतिश्पर्धा हुने सम्भावना देखिएको छ । दुवैजनाले उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा लागेका छन् । शिवाकोटी संघको वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष र श्रेष्ठ उपाध्यक्ष हुन् ।
निर्वाचन नजिकिएसँगै निर्वाचन कार्यक्रम पनि सार्वजनिक भईसकेको छ । उम्मेदवार मनोनयन दर्ता जेठ ६ गते १० बजेदेखि ३ बजेसम्म तय गरिएको प्रमुख निर्वाचन अधिकृत अरुण पौड्यालले जानकारी दिए । उम्मेदवारहरुको प्रथम नामावली प्रकाशन जेठ ६ गते साँझ ५ बजे हुनेछ ।
उम्मेदवार उपर दावी बिरोध ७ गते बिहान ११ बजेसम्म गर्न सकिने छ । उम्मेदवारी फिर्ता जेठ ८ गते बिहान ११ बजेसम्म गर्न सकिनेछ । मतदान जेठ ९ गते दिउसो ३ बजेबाट सुरु हुनेछ । मतदान सम्पन्न भएसँगै मतगणना गरिने पौडेलले जानकारी दिए । संघको साधारणसभा जेठ ९ गते यल्लो पेगोडा होटलमा हुनेछ ।






Comments are closed.