काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले चार वटा समितिहरुको गठन गरेको छ ।
होटल प्यासाफिक, कान्तिपथमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दीनेश श्रेष्ठले वाणिज्य तथा आपूर्ति, भन्सार, सूचना प्रविधि तथा व्यापार मेला समितिका सदस्यहहरुलाई सोमबार मनोनयन पत्र वितरण गरेका छन् ।
समितिका सभापतिमा दुर्गाराज श्रेष्ठ (वाणिज्य तथा आपूर्ति समिति), सदिश श्रेष्ठ (व्यापार मेला समिति), दीपक भण्डारी (सूचना प्रविधि समिति) र राजेन्द्र संग्रौला (भन्सार समिति) उक्त समितिहरुमा विभिन्न वस्तुगत संघ, क्षेत्रगत व्यवसायी संघ र उद्योगी व्यवसायीहरू गरी ३० जनालाई मनोनयन गरी मनोनयन पत्र वितरण गरिएको हो ।
संघका कार्यसमिति सदस्य प्रदीपमान प्रधानलाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको कार्यसमिति सदस्यमा निर्वाचित भएको सो अवसरमा उनलाई बधाई समेत दिइएको थियो ।
Comments are closed.