नेपाल डेरी एसोसिएसन कोशी प्रदेशमा पुनः गंगा खड्का सर्वसम्मत

कोशी । नेपाल डेरी एसोसिएसन कोशी प्रदेशको अध्यक्षमा पुनः गंगा खड्का निर्वाचित भएका छन् । एसोसिएसनको शुक्रबार सम्पन्न छैठौं वार्षिक साधारणसभा एवं तेस्रो अधिबेशनले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

एसोसिएसनको प्रदेश उपाध्यक्षमा गुरु प्रसाद दाहाल, सचिवमा अशेष कुमार बुढाथोकी, कोषाध्यक्षमा सुवास गुरागाईं र सहसचिवमा मुकेश पन्त निर्वाचित भए । सदस्यहरुमा मिलन खत्री, सुजता उप्रेती निर्वाचित भए । सबै जिल्लाका अध्यक्षहरु स्वतः कार्यसमिति सदस्य रहने छन् । अधिवेशनले झापा अध्यक्षमा भरत ओली, मोरङ अध्यक्षमा विष्णु बोहरा, सुनसरी अध्यक्षमा सागर आचार्य, धनकुटा अध्यक्षमा राजु घिमिरे, भोजपुर अध्यक्षमा ज्ञान बहादुर कार्की, इलाम अध्यक्षमा लक्ष्मी थापा, पाँचथर अध्यक्षमा मनिष घिसिङ र ताप्लेजुङ अध्यक्षमा दुर्गा प्रसाद ढुंगानालाई निर्वाचित गरेको छ ।

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामको प्रमुख आतिथ्यतामा तथा नेपाल डेरी एसोसिएसन केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको विशेष उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो ।

You might also like

Comments are closed.