धरान । नेपाल डेरी एसोसिएसन कोशी प्रदेश अन्तर्गत धनकुटा जिल्ला कार्यसमितिले धनकुटामा रहेको धनकुटा उत्तरपानीस्थित श्री आधारभूत बौद्धिक अपांग विद्यालयमा रहेका विद्यार्थीलाई पाठ्य सामग्री सहित अन्य विभिन्न सामग्री वितरण गरेको छ ।
नेपाल डेरी एसोसिएसनले सातवटा प्रदेश, २३ वटा जिल्ला र सातवटा स्थानीय तहमा आफ्नो संगठन विस्तार गरेको छ । एसोसिएसनले समय समयमा यस्ता कार्यक्रम गर्दै आइरहेको छ । एसोसिएसनको नीति अनुसार जिल्ला कार्यसमितिबाट स्कुलमा सहयोग गरिएको धनकुटा जिल्ला कार्यसमितिले जनाएको छ ।
एसोसिएसनले आफ्ना मातहतका जिल्ला कमिटी, प्रदेश कमिटी र स्थानीय तहलाई समयसमयमा विद्यालय, आश्रम, हस्पिटल लगायतका स्थानमा दूध तथा दुग्ध पदार्थको बारेमा प्रवर्द्धन कार्यक्रम गर्दै आइरहेको छ ।
नेपाल डेरी एसोसिएसनले पछिल्लो समय देशमा दूध तथा दुग्ध पदार्थको खपत कम भई स्टक रहन गएकोमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनको लागि देशभर मोही अभियान चलाएको छ । त्यसबाट प्रभावित भैइ अहिले एक दर्जनभन्दा बढी डेरी उद्योगले मोहीलाई ब्राण्डिङ गरि बजारमा ल्याएका छन् ।

एसोसिएसनले कोसेलीको रुपमा दुग्ध पदार्थ प्रयोगमा ल्याउन आम उपभोक्तालाई अनुरोध गरिरहेको, आफ्ना कार्यक्रमहरुमा अतिथिहरुलाई मायाको चिनो प्रदान गर्दा घ्यु, पुष्टकारी, खुवा, गुदपाक आदि दिने गरेको एसोसिएसनका कोशी प्रदेश अध्यक्ष गंगा बहादुर खड्काले बताए । एसोसिएसनका यस्ता गतिविधिले स्वदेशी उत्पादन खपतमा धेरै नै उत्साह थपिएको एसोसिएसनका केन्द्रीय महासचिव हेमचन्द्र खनाल बताउँछन् । देशै भरका सदस्यहरुले दूध तथा दुग्ध पदार्थ खपतका लागि केहि न केहि गतिविधि गरिरहेकाले खपतमा धेरै नै सहयोग पुगेको कुरा एसोसिएसनका केन्द्रय अध्यक्ष प्रल्हाद दाहालले बताए ।






Comments are closed.