नेपाल डेरी एसोसिएशनको साधारण सभा माघ ६ गते हुने

काठमाडौं । नेपाल डेरी एसोसिएशनको २७औं वार्षिक साधारण सभा तथा ९औं अधिवेशन आगामी माघ ६ र ७ गते हुने भएको छ । साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने छ । कात्तिक २९ गते बसेको एसोसिएसनको केन्द्रीय कार्यसमितिको बैठकले सो मितिमा साधारण सभा तथा अधिवेसन गर्ने निर्णय गरेको थियो ।

साधारण सभाले अध्यक्षले प्रस्तुत गर्ने एसोसिएसनको आ.व. २०८१/८२ को वार्षिक प्रगति विवरण प्रतिवेदन तथा आगमी आ।व।२०८२/८३ को नीति, बजेट तथा कार्यक्रम उपर छलफल गरी पारित गर्ने,कोषाध्यक्षले प्रस्तुत गर्ने एसोसिएसनको आ.व.२०८१/८२ को वार्षिक आर्थिक विवरण प्रतिवेदन तथा आगमी आ.व.२०८२/८३ को बजेट तथा कार्यक्रम उपर छलफल गरी पारित गर्ने छ ।

साथै साधमारण सभाले लेखा परीक्षण प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वित्तिय स्थितिको विवरण, २०८१ साउन १ गतेदेखि २०८२ असार मसान्त सम्मको  नाफा नोक्सान विवरण, सोही अवधिको नगद प्रवाह विवरण तथा कोष परिवर्तनको विवरणहरु उपर छलफल गरी पारित गर्ने र आ.व.२०८२/८३ का लागि बाह्य लेखा परीक्षक नियुक्त गर्ने र निजहरुका पारिश्रमिक निर्धारण गर्ने एसोसिएसनले जनाएको छ ।

साधारण सभा तथा अधिवेशनमा सहभागी हुनअनिवार्य रुपमा केन्द्रीय एसोसिएसनको नियम बमोजिम बुझाउनु पर्ने सदस्यता नविकरण दस्तुर शुल्क बुझाउन पनि एसोसिएशनले सदस्यलाई आग्रह गरेको छ ।

प्रत्येक प्रदेश कार्यसमिति र सो मातहातका जिल्ला कार्यसमितिको साधारणा पुस मसान्तसम्म सम्पन्न गरी सबै वार्षिक प्रतिवेदन लेखा प्रतिवेदन तथा सदस्यता नामावली विवरणका साथ सदस्यता नविकरण दस्तुर रकम दाखिला भौचर संलग्न गरी प्रदेश कार्यसमितितको निर्णय सहित केन्द्रीय कार्यालयमा पठाई सक्नु पर्ने एसोसिएशनले जनाएको छ ।

साधारण सभा तथा अधिवेशनका प्रतिनिधिको आवश्यक सहजीकरणका लागि संघले दिपप्रसाद धमला, मनोजकुमार घिमिरे, हेमचन्द्र खनाल, विय चौरासिया, रामभक्त दाहाललाईसहजकर्ता तोकेको छ ।

You might also like

Comments are closed.