नेकाको चौथो वार्षिक साधारण सभा फागुन ५ गते, नयाँ कार्यसमिति चयन हुने

काठमाडौं । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)को चौथो वार्षिक साधारण सभा फागुन ५ गते हुने भएको छ ।

काठमाडौंस्थित र्याडिसन होटलमा फागुन ५ गते शुक्रबार दिउसो १ बजे साधारण सभा हुने नेकाका अध्यक्ष सन्तोष प्याकुरेलले जानकारी दिएका छन् ।

वार्षिक सभामा वार्षिक आर्थिक प्रतिवेदन पारित, वार्षिक प्रगति प्रतिवेदन पेश, आगामी कार्ययोजना, आ.ब २०७९/८० को लागि लेखापरीक्षक नियुक्त जस्ता विषयमा छलफल हुनेछ ।साथै उक्त साधारण सभाले नयाँ कार्यसमिति चयन समेत गर्ने छ ।

jutta mela

संघका सबै सदस्य संस्थाका प्रतिनिधिलाई साधारणसभामा उपस्थितिका लागि नेकाले आग्रह गरेको छ ।

You might also like

Comments are closed.