नेफ्स्कुनको अध्यक्षमा चन्द्र प्रसाद ढकाल निर्वाचित

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को अध्यक्षमा चन्द्र प्रसाद ढकाल निर्वाचित भएका छन् । नेफ्स्कुनको ३२औं वार्षिक साधारणसभाबाट ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

नेफ्स्कुनको वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी, महासचिवमा घनश्याम अधिकारी, कोषाध्यक्षमा दीपक थापा निर्वाचित भएका छन् । त्यसैगरि महिला सन्चालकमा सिता ढकाल पौडेल, मन्दरा मिश्र , कमलादेबी गिरी निर्वाचित भएका छन् ।

jutta mela

कोशी प्रदेश संचालकमा लक्ष्मी सापकोटा, मधेस प्रदेश संचालकमा शोभा कुमारी राउत, बागमती प्रदेश संचालकमा खेम राज सुबेदी, गण्डकी प्रदेश संचालकमा गोपाल प्रसाद गौतम, लुम्बिनी प्रदेश संचालकमा ज्ञानु पौड्याल, कर्णाली प्रदेश संचालमा बीर बहादुर राउत र सुदुर पश्चिम प्रदेश संचालकमा दिप्ती शाही निर्वाचित भएका छन् भने संचालक खुल्लातर्फ नबराज अर्याल, देव कुमार श्रेष्ठ ,सुशील कुमार बस्न्यात, शालिक राम ढकाल निर्वाचित भएका छन् ।

त्यसैगरि लेखा समिति संयोजकमा इन्द्र राज ज्योति पौडेल, सदस्यमा हेम राज बिष्ट र दुर्गा तिवारी सन्जेल निर्वाचित भएका छन् ।

You might also like

Comments are closed.