राष्ट्रिय सहकारी दिवस सफल बनाउन सक्रिय बन्दै नेफ्स्कून

पुरुषोत्तम कँडेल, काठमाडौं । ६५औं राष्ट्रिय सहकारी दिवस सफल बनाउन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सक्रिय बनेको छ । चैत २० गते परेको सहकारी दिवसको सन्दर्भमा देशभर आयोजना भएका कार्यक्रमहरु सफल बनाउन नेफ्स्कूनले आफ्नो ठाउँबाट योगदान गरिरहेको केन्द्रीय अध्यक्ष परितोष पौड्यालले बताए ।

नेफ्स्कुनले सहकारी दिवसको कार्यक्रम अन्तर्गत बचत तथा ऋणको जिल्ला संघहरुसँग सहकार्य गरिरहेको पौड्यालले जानकारी दिए । ‘हामीले साझेदारीमा कार्यक्रमहरु गरिरहेका छौं,’ उनले भने, ‘केन्द्रमा सहकारी महासंघ अन्तर्गत एउटै कार्यक्रममा सहभागी भएर राष्ट्रिय सहकारी दिवस सफल बनाउने अभियानमा लागेका छौं ।’

जिल्लासँगै पालिकास्तरमा भएका कार्यक्रममा पनि नेफ्स्कूनको तर्फबाट सहकार्य भइरहेको पौड्यालले जानकारी दिए । ‘राष्ट्रिय सहकारी दिवस सफल बनाउनु र भव्य रुपमा मनाउनु हामी सबैको दायित्व हो,’ उनले भने, ‘सहकारी अभियानलाई सफल बनाउन नेफस्कूनले सधैं अग्रणी भूमिका निर्वाह गर्छ ।’

jutta mela

सहकारीमा जागरण ल्याउने, वित्तीय सचेतना बढाउने, सहकारीको विद्यमान अवस्थाका बारेमा सर्वसाधरण तथा सहकारीकर्मीहरुलाई बुझाउन र प्रशिक्षण दिने अभियानमा समेत नेफ्स्कूनले योगदान पुर्याउँदै आइरहेको छ । ‘हामीले विचार, गोष्ठीहरुसमेत समय समयमा आयोजना गर्दै आइरहेका छौं,’ पौड्यालले भने ।

नेफ्स्कूनमा देशभर रहेका १० हजार भन्दा बढी साकोसहरु आबद्ध छन् । अन्तर्राष्ट्रिय क्रेडिट युनियन सिद्धान्तहरू पछ्याएर सम्बन्धित समुदायका व्यक्तिगत सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक आकांक्षाको उत्थानमा योगदान पु¥याउने उद्देश्यमा नेफ्स्कून प्रतिबद्ध रहेको पौड्याल बताउँछन् ।

You might also like

Comments are closed.