नेपाल एयरलाइन्सको सर्भर ह्याक: टर्कीबाट पहुँच, एजेन्ट कोडको दुरुपयोग

काठमाडौं । नेपाल एयरलाइन्सको सर्भर ह्याक गरेर अनधिकृत रूपमा विमान टिकट काटिएको घटना सार्वजनिक भएको छ। जुन १४ मा काठमाडौंबाट बैंककका लागि छुटेको नेपाल एयरलाइन्सको एक उडानमा ह्याक गरिएको टिकटमार्फत यात्रा गर्ने प्रयास भएको थियो।

प्रविधि प्रयोग गरेर टिकट काटिएको थाहा पाएपछि एयरलाइन्सले प्रहरीलाई जानकारी गराएको थियो। सोही आधारमा प्रहरी टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर तयारी अवस्थामा बसेको थियो। तर, उक्त टिकटबाट यात्रा गर्ने यात्री विमानस्थल नआएपछि उनी पक्राउ परेनन्। अन्य यात्रुसहित विमान निर्धारित समयमै उडेको थियो।

टर्कीमा रहेको सर्भरमा पहुँच
सुरक्षा निकायका अनुसार एयरलाइन्सको टर्कीस्थित सर्भरमा ह्याकर समूहले पहुँच बनाएको र त्यही सर्भरमार्फत टिकट काटिएको पुष्टि भएको छ। यस घटनालाई गम्भीर सुरक्षाजन्य चुनौतीका रूपमा लिँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको छ।

प्रहरी अधिकृत यो घटना सतहमा सानो देखिए पनि यसका पछाडि ठूलो उद्देश्य हुन सक्ने बताउँछन्। हामी त्यसको पृष्ठभूमि खोतलिरहेका छौं।”

एजेन्ट कोडको दुरुपयोग
अनुसन्धानको प्रारम्भिक चरणमा नेपाल एयरलाइन्सकै अधिकृत टिकट एजेन्टको कोड प्रयोग गरिएको देखिएको छ। यसले सिस्टमभित्रबाटै जानकारी लिक वा मिलेमतोको आशंका बढाएको छ।

You might also like

Comments are closed.