काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तरर्गतको “नेशनल रोड सेफटी काउन्सिल नेपाल” को आयोजना, नासा नेपालको संयोजन तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको सहकार्यमा सडक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय जनचेतनामुलक कार्यक्रम मंगलबार हेटौँडामा सम्पन्न भएको छ ।
वाग्मती प्रदेशका पेशागत, व्यवसायिक तथा सामाजिक क्षेत्रका १ सय बढीकोे सहभागिता रहेको सो कार्यक्रममा प्रदेशकै पूर्वाधार निती, कार्यक्रम तथा सुरक्षित यातायातको लागि विभिन्न कार्यपत्रहरुमा छलफल गरिएको थियो ।
नेपाल अटोमोबाइल्स एसोंसिएसन नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराई र भौतिक पूर्वाधार तथा यतायात मन्त्रालय अन्तर्गतको भेहिकल फिटनेस सेन्टरका प्रमुख कृष्ण यादवले सडक यातायातको अबस्था र सडक सुरक्षाको लागि नेपाल सरकारले चालेको कदमको बारेमा प्रस्तुति गरेका थिए ।
त्यस्तै, राप्रपाकी सहमहामन्त्री रिना गुरुङ, अटोमोबाइल इन्जिनियर सुयोग खनाल र युवा अभियानकर्मी प्रकृती अर्यालले राजनीतिक , पेशागत र युवा समुदायको भूमिका बारेमा तथा माधव न्यौपाने, बिक्रम खतिवडा, कमला आचार्य लगायतले प्रदेश रोड सेफ्टी काउन्सिल र मोटरसाइक्लिष्ट सेफ्टीको आवश्यकताको बारेमा प्रकाश पारोका थिए ।
उक्त कार्यक्रमको अन्तमा ११ बुँदे हेटौँडा घोषणा-पत्र अनुमोदन गर्दै १५ वटा पेशागत र व्यावसायिक संघ संस्थाको बीचमा चितवनकी रिना गुरुङको संयोजकत्वमा बागमती प्रदेश एलाईन्स गठन गरिएको छ ।
यस्ता छन् हेटौँडा घोषणा पत्र
१. नेपाल सरकारले प्रतिवद्धता व्यक्त गरेको सन् २०३० सम्ममा सडक दुर्घटना र यसबाट हुने हताहती तथा घाइतेको संख्या आधा घटाउने लक्ष्यलाई, प्रदेश एकको सरकार, पालिका तथा नागरिक समुदायबाट साथ सहयोग तथा समर्थन व्यक्त गरिएकाे छ ।
२. यूवाहरुको अकाल मृत्युको मुख्य कारण बनिरहेको मोटरसाइकल दुर्घटनाको क्षति न्यूनिकरण गर्न गुणस्तरीय हेल्मेट चालक तथा पछाडी बस्नेले पनि लगाउने व्यवस्था कार्यन्वयन हुनु पर्ने,
३. नागरिक तथा पेशागत समूदाय, उपभोक्ता तथा विज्ञहरु समेतको सहभागीतामा प्रदेश स्तरिय रोड सेफ्टी काउन्सील गठन गर्नुपर्ने,
४. पालिका तह र प्रदेश सकरकार बाट सडक पूर्वाधार र सुरक्षित यातायातमा पर्याप्त बजेट छुट्टाइनुपर्ने,
५. बाग्मती प्रदेशका ड्राइभिङ्ग स्कूलको स्तर उन्नति र हेभी ड्राइभिङ्ग स्कुलमा सरकारको आवश्यक निति तथा बजेटको व्यवस्था हुदाँ मात्र दक्ष चालक तयार भइ दुर्घटना न्यूनिकरण, प्राविधिक जनशक्ति मार्फत थप रोजगारी को सृजना हुनेमा सहभागीको ठहर गरियो,
६. स्टार रेटिङ्ग रोड, स्टार रेटिङ्ग भेहिकल र स्टार रेटिङ्ग स्कूलको लागी पेशागत समूदायले समेत सरकारसँग सहकार्य गर्नुपर्ने,
७. प्रदेशका अधिकांस शहरहरुमा अटोल्याण्डको व्यवस्था गरी र बसको बडीको गुणस्तरयितामा ध्यान दिदाँ मात्र भेहिकल सेफ्टीमा प्रत्यक्ष योगदान पुग्नेमा सम्पूर्ण सहभागीहरु सहमत भइयो,
८. यातायात क्षेत्रका श्रमिकहरुलाई रोजगारी, बृद्दिविकास, सामाजिक र आर्थिक सुरक्षा तथा बिमा लगायतले ध्यान दिनुपर्ने,
९. दुर्घटनाका घाइतेकाृ उद्दार, उपचार र पुर्नस्थापनका लागी रणनितिक योजना बनाउनु पर्ने ठहर गरियो,
१०. साइकल लेन, फुटपाथ, तथा व्हील चियर यूजर लगायत सबैखाले यात्रुको सुरक्षीत र भयरहित यात्राको लागी पुर्वाधार निर्माणमा ध्यान धिनुपर्ने,
११. सार्वजनिक यातायातको व्यवस्थापन, गुणस्तरियता र सुरक्षामा ध्यान दिइयोस् जसले समग्र मोबिलिटी सिस्टमलाई मद्दत पु¥याउनेछ ।
१२. वाग्मति प्रदेशको कुनै एक नगरक्षेत्रमा इन् क्ष्लतभििष्नभलत त्चबलकउयचत क्थकतझ को अध्ययन गर्नु पर्ने,
१३. विद्यालय तहबाटै सडक सुरक्षाको तालिम तथा कार्षलाई सच्चालन गर्न प्रतिबद्दता व्यक्त गरियो ।
१४. प्रदेशको दिगो पर्यटनको लागी दिगो सडक र सुरक्षीत यातायात बनाउनुपर्नेमा सम्पूर्ण सहभागी समान धारणा रहयो ।
Comments are closed.