नेपाल बङ्गलादेश बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं । Global Money Week – 2022 अन्र्तगत हरेक मुलुकका महिला तथा युवापुस्तामा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नेपाल बङ्गलादेश बैंकको कलकत्ता शाखाले स्थानीय बेलौरी नगरपालिका वडा नं. ८ मा वित्तीय साक्षरता अभिबृद्घि कार्यक्रम सञ्चालन गरेको छ ।

उक्त कार्यक्रममा कृषक, बिद्यार्थी, घरेलु तथा लघुउद्यमी ब्यापारीबर्गहरु तथा स्थानिय जनप्रतिनिधिहरु गरी जम्मा १५० जनालाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको थियो ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको नगद रहित विद्युतिय भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैंक कलकत्ता शाखाका शाखा प्रमुख  पंकज भट्टले डिजिटल माध्यमबाट बैकिङ सेवा, विद्युतिय भुक्तानी प्रणालीको प्रयोग तथा उपदेयिताको बारेमा कार्यक्रममा उपस्थित सहभागीहरुलाई जानकारी गराएको बैंकले जनाएको छ ।

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा ATM बाट बैंकिङ सुविधा दिंदै आएको छ ।

You might also like

Comments are closed.