नेपाल वितरक महासंघको साधारणसभा सम्पन्न

काठमाडौं ।  नेपाल वितरक महासंघको ११ औँ साधारणसभा धादिङमा सम्पन्न भएको छ । साधारणसभामा महासंघको देशभर रहेका ३७ वटा शाखाबाट प्रतिनिधिहरुले सहभागीता जनाएका थिए ।

साधारणसभामा वोल्दै प्रतिनिधिसभा सांसद गगन कुमार थापाले देशमा व्यापार व्यवसाय चलायमान बनेमा मात्र राज्यको अर्थतन्त्र सुदृढीकरण हुँदै जाने बताए ।

साधारणसभाको अवसरमा महासंघका संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार गोविन्द कर्माचार्यलाई सम्मान गरिएको थियो । सम्मान ग्रहणपछि सभालाई सम्बोधन गर्दै उनले सामानहरु देशका विभिन्न ठाउँमा धुलो हिलो केहि नभनी पुर्याएर सेवा प्रवाह गर्ने गरेपनि देशमा रहेका विभिन्न व्यवस्थाहरुका कारण बारबाम्बार समस्या भोग्नुपरेको बताए ।

महासंघका अध्यक्ष हरिराज पन्तले बढ्दो आर्थिक मन्दि, बैंकहरुले मनोमानी ढंगले गरेको व्याजदर वृद्धिको मार सबै क्षेत्रका व्यापारीलाई परेपनि राज्यले केहि ठूला व्यावसायिक संघ संगठनहरुलाई मात्र सम्बोधन गरेको बताए । साथै उनले देशका विभिन्न ठाउँमा उपभोग्य वस्तु पुर्याउनका लागि नेपाल वितरक महासंघमा आबद्ध सदस्यहरुको ठूलो लगानी रहेपनि राज्यले वास्ता नगरेको गुनासो गरे ।

You might also like

Comments are closed.