काठमाडौं । नेपाल वितरक संघ काठमाडौं पूर्व क्षेत्रीय समितिको संयोजकमा निलकण्ठ ढकाल चयन भएका छन् । शनिबार सम्पन्न चौथो अधिवेशनले ढकालको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
उपसंयोजकमा प्रविण कुमार कर्माचार्य, सचिवमा सुबोध कुमार झा चयन भएका छन् ।
कार्यसमिति सदस्यमा शिव कुमार चौलागाईं, हरिशरण मैनाली, श्याम शर्मा, प्रभात नायक, पारशमणि आचार्य, राजन निरौला, पुरुपोत्तम दाहाल, जय आचार्य, अमृता सिंह, सुजन लामिछाने चयन भएका छन् ।
नेपाल वितरक संघका अध्यक्ष प्रेमहरि मैनालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।








Comments are closed.