काठमाडौं । नेपाल बितरक संघ काठमाडौं पश्चिम क्षेत्रीय समितिले पूर्णता पाएको छ । शनिबार सम्पन्न चौथो अधिवेशनले संयोजकमा कपिल रेग्मी र उपसंयोजकमा रूकेश महर्जन चयन भएका छन् ।
सचिवमा कोमल थापा, खाद्य उपसमिति संयोजकमा विमल रेग्मी, कस्मेटिक उपसमिति संयोजकमा रामकृष्ण कार्की, पेय पदार्थ तथा मदिरा उपसमिति संयोजकमा योगेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा नारायण अर्याल निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा अन्जिता श्रेष्ठ, पुष्कर केसी, रूपक सिङ, टंकप्रसाद वस्ती, जनक महर्जन र उमेश खड्का निर्वाचित भएका छन् ।
नेपाल वितरक संघका अध्यक्ष प्रेमहरि मैनालीको प्रमुख आतिथ्यतामा तथा तत्कालीन क्षेत्रीय समिति संयोजक केशव मैनालीको सभापतित्वमा कार्यक्रम भएको हो ।
उक्त अवसरमा बोल्दै अध्यक्ष प्रेमहरि मैनालीले वितरकहरूको हकहितमा संघ निरन्तर सक्रिय रहेको बताए । पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक राजेन्द्र सिंखडा, पूर्व अध्यक्ष तथा वरिष्ठ सल्लाहकार दुर्गाराज श्रेष्ठ, संघका कार्यसमिति सदस्य भोज प्रसाद फुँयाल (उमेश) लगायत वक्ताहरूले आआफ्नो धारणा राखेका थिए ।








Comments are closed.