काठमाडौं । नेपाल कुचो संघको दोस्रो अधिवेशन शनिबार चाबहिलस्थित घाल्छा रेस्टुरेन्टमा सम्पन्न भएको छ । नयाँ नेतृत्व चयनका लागि आयोजित अधिवेशनबाट राजकुमार कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । यसअघि पनि संघको अध्यक्ष रहनु भएका कार्की सर्वसम्मत रूपमा पुनः अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा संजीव शाह चयन भएका छन् भने उपाध्यक्षहरूमा रविन्द्र खड्का र सुबास बोलखे चयन भएका छन् । महासचिवमा सुरेश चौधरी चयन हुँदा सचिवहरूमा सुशील गौतम र राजीव रौनियार रहेका छन् । कोषाध्यक्षमा रुष्मा खतिवडा तथा सह–कोषाध्यक्षमा प्रदीप वाइबा चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा राकेश शाह, राजु शाह, बम बहादुर रुम्बा, मनोज शाह, लक्ष्मण शाह, तीर्थमान वाइबा, देवनाथ चौधरी, केशव खेतान, गीता भट्टराई, विजय खरेल, तारा भुर्तेल र सुरेश भुलान चयन भएका छन् ।
युवराज सुवेदी प्रमुख निर्वाचन अधिकृत तथा राजेन्द्र दाहाल निर्वाचन अधिकृत रहेको निर्वाचन समितिले अधिवेशनमार्फत निर्वाचन प्रक्रिया सम्पन्न गरेको हो । संघका अनुसार अध्यक्ष कार्कीको अघिल्लो कार्यकालमा संघका गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालन भएका थिए ।
नेपालको कृषि उत्पादन निर्यातमा उच्च सम्भावना बोकेको कुचो व्यवसायीहरूको छाता संगठनका रूपमा रहेको नेपाल कुचो संघले आगामी दिनमा व्यवसाय प्रवर्द्धन, निर्यात विस्तार तथा व्यवसायीहरूको हकहितका लागि सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ । अध्यक्ष कार्की नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सह–सभापति समेत रहेका छन् ।




Comments are closed.