काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘आठौं नेपाल चेम्बर एक्स्पो २०२५’ को आज समापन हुँदै छ । माघ १७ गते शुरु भएको एक्स्पोको उद्घाटन प्रधानमन्त्री के.पि शर्मा ओलीले गरेका थिए ।
एक्स्पोमा कृषिजन्य वस्तु, हस्तकला, लत्ता कपडाका सामान, अटोमोबाइल, इलेक्ट्रोनिक्स, घरेलु उपकरण, कपडा, फर्निचर, गार्मेन्ट, छालाका सामान, गहनाका सामान, सौन्दर्य प्रसोधन सामग्रीलगायतको प्रदर्शनी आगन्तुकका लागि आकर्षणको केन्द्र बनेको छ ।
एक्स्पोमा नेपाल, बङ्गलादेश, भारत, चीन, थाइल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तानलगायतका व्यवसायीले उक्त देशमा उत्पादित वस्तुसहित सहभागिता रहेको छ । एक्स्पोमा स्वदेशी र विदेशी गरी १२५ भन्दा बढी स्टल छन् ।
यसैबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चेम्बर एक्स्पोको अवलोकन गरेका छन् । आइतबार मन्त्री भण्डारीले एक्स्पोको अवलोकन गरेका हुन् । एक्स्पो अवलोकनका क्रममा यस्ता प्रदर्शनीले नेपाली उद्यमीले उत्पादन गरेका सामग्रीलाई विश्व बजारमा चिनाउन तथा निर्यात प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए ।
Comments are closed.