काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंले जेन–जी पुस्ताद्वारा सामाजिक सञ्जाल निषेध र भ्रष्टाचारविरुद्ध सञ्चालन गरिएको प्रदर्शनका क्रममा राष्ट्रिय सम्पत्ति र जनधनमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । संघले प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
संघले यस विज्ञप्तिमा युवा पुस्ताले उठाएका मागप्रति संवेदनशील रहँदै देशको शान्ति, सुरक्षा, नागरिकको सहज सेवा पहुँच, स्वतन्त्र पेशा–व्यवसायको अधिकार, भ्रष्टाचारमुक्त प्रणाली, लगानी तथा रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण निर्माण गर्न सबै सरोकारवालालाई एकताबद्ध हुन आह्वान गरेको छ ।
नेपाल उद्योग वाणिज्य संघले देशको शान्ति, स्थिरता र आर्थिक पुनरुत्थानमा सहकार्य गर्न प्रतिबद्ध रहेको जानकारी दिँदै नेपाली सेनाको नेतृत्व र संयोजनमा अगाडि बढ्ने सम्पूर्ण समन्वयात्मक कार्यमा सहयोग गर्न तयार रहेको उल्लेख गरेको छ । संघले उत्पादन, रोजगारी, लगानी र बजार सन्तुलनलाई प्राथमिकता दिँदै अर्थतन्त्र पुनः गतिशील बनाउन निजी क्षेत्र, उद्योगी व्यवसायी र नागरिक समाजसँग मिलेर काम गर्न प्रतिबद्धता व्यक्त गरेको छ ।
Comments are closed.