१०० औं हप्ता पुगेको रैथाने कृषि हाटबजारमा नेपाल डेरी एसोसिएसन सम्मानित

काठमाडौं । रैथाने एग्रि प्रडक्टस् नेपालको आयोजनामा नेपाल डेरी एसोसिएसन बीच भएको साझेदारीमा सन्चालन भएको रैथाने कृषि हाटबजार सञ्चालनको १०० औं हप्ता पुगेको छ । सम्झौता अनुसार गाउँको उत्पादन शहरमा, रैथाने खाना घरघरमा भन्ने उद्देश्यका साथ काठमाडौंको दरबारमार्गको ओरेन्ट क्याफेमा प्रत्येक हप्ताको शनिवार सन्चालन भइृरहेको छ ।

उक्त कार्यक्रममा कृषि तथा पशुपछीं विकास मन्त्रालयका कृषि मन्त्री रामनाथ अधिकारीले कृषि हाट बजार मेलामा हरेक हप्ता नि शुल्क मोही सेवन गराई मोहीको मौलिकता, बजारीकरण तथा प्रबर्द्धनमा नेपाल डेरी एसोसिएसनले प्रत्यक्षरुपमा पुर्‍याएको योगदानको उच्च मुल्याङ्कन गर्दै एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाललाई सम्मान गरेका हुन् ।

नेपालीहरुको मौलिक खाद्य पेय पदार्थको रुपमा रहेको मोहीको मौलिक उपभोगमा जनचेतनाको अभिवृद्धि गर्दै यसको फाइदाका बारेमा भोलिका दिनहरुमा समेत निरन्तर अभियन सञ्चालन गर्ने कुरा एसोसिएसनका अध्यक्ष दाहालले बताए ।

विगत २ वर्षदेखि सञ्चालनमा आएको यस कृषि हाट बजारले रैथाने कृषि उत्पादनमा बढवा र उपभोक्ताहरुमा स्थानीय कृषि उत्पादन उपभोगमा सहयोग र प्रबर्द्धन गरेको कुरा कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृषि मन्त्रीले बताए ।

मोफसल क्षेत्रको कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ सञ्चालित यस कृषि हाट मेलाले राजधानीका  उपभोक्ताहरुलाई स्थानीय रैथानी कृषि उपजको सरल सहज उपलब्धतामा पहुँच पुर्‍याएको कुरा अर्का मोही अभियान्ता एवं नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेले बताए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.