नेपाल डेरी एसोसिएसन सुदूरपश्चिमको छैटौँ अधिवेशन सम्पन्न

धनगढी । नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशको छैटौँ अधिवेशन तथा उद्घाटन समारोह धनगढीमा सम्पन्न भएको छ । अधिवेशनबाट भूपेन्द्र थापा पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेश अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सामाजिक विकास समितिका अध्यक्ष धर्मराज पाठक प्रमुख अतिथि र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव शंकर शाह विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

उद्घाटन समारोहमा दुग्ध क्षेत्रको विकासमा योगदान पु¥याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । त्यसपछि सम्पन्न बन्दसत्रबाट भूपेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष कर्ण हमाल, प्रदेश पदाधिकारी, सदस्यहरू तथा सुदूरपश्चिमका डेरी उद्योगीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाठकले दुग्ध क्षेत्रमा एसोसिएसनले पु¥याएको योगदानको प्रशंसा गर्दै बजार विस्तारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । विशिष्ट अतिथि सचिव शाहले दुग्ध पदार्थको विविधीकरण र नयाँ बजारको खोजीमार्फत सुदूरपश्चिमको दुग्ध क्षेत्र विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष भूपेन्द्र थापाले पुनः विश्वास गरेर अध्यक्षमा चयन गरेकोमा सदस्यहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सबैलाई एकजुट गरी प्रदेशको दुग्ध क्षेत्र विकासमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणसमेत गरिएको थियो ।

You might also like

Comments are closed.