नेपाल दालमोठ उत्पादक संघको साधारण सभा पुष ११ गते हुने

काठमाडौं । नेपाल दालमोठ उत्पादक संघको साधारण सभा  पुष ११ गते हुने भएको छ । संघको मंसिर १७ गते बसेको बैठकले सो मितिमा साधारण सभा गर्ने निर्णय गरेको थियो ।

नेपालमा दालमोठ उत्पादन गरि व्यवसाय संचालन गरेका उद्योगका प्रतिनिधिलाई साधारण सभामा सहभागि हुन संघका अध्यक्ष हेमकान्त पराजुलीले आग्रह गरेका छन् ।

साधारण सभामा कोषाध्यक्षबाट गत आ वको आय विवरण तथा चालु आ.वको प्रस्तावित बजेट तथा कार्यक्रम पेश गरिने छ । लेखा परीक्षकको गत आवको लेखापरीक्षण प्रतिवेदन अनुमोदन, चालु आवका लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, विनियम संशोधन, लगायतका विभिन्न प्रस्ताव पेश गरिने सचिव भुवन श्रेष्ठले जानकारी दिए ।

 

You might also like

Comments are closed.