नेपाल फाइनान्स र ललितपुर फाइनान्सको एकिकृत कारोबार शुरु

काठमाडौं ।
नेपाल फाईनान्स लिमिटेडले ललितपुर फाईनान्स लिमिटेडलाई प्राप्ति पश्चात आइतबारबाट एकिकृत कारोबार शुभारम्भ भएको छ । कान्तिपथ स्थित होटल एल्लो प्यागोडामा सम्पन्न कार्यक्रममा दुवै संस्थाका संचालकहरु, नेपाल फाईनान्सका आधारभूत शेयरधनी एवम् उद्योग ब्यवसायी श्री राजेन्द्र शाक्य र नेपाल फाईनान्सका प्रमुख कार्यकारी अधिकृत उध्दवराज थपलिया, ललितपुर फाईनान्सका का.मु. प्रमुख कार्यकारी अधिकृत चन्द्र शेखर खड्का लगाएत सीमित कर्मचारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल फाइनान्स लिमिटेडका संचालक समितिका अध्यक्ष प्रा. श्री हिरेन्द्रमान प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल फाईनान्सका संचालक एवम् संयुक्त प्राप्ति समितिका संयोजक दिप्रश शाक्यले स्वागत मन्तब्यको साथमा समितिले सम्पादन गरेका कार्यहरुको बारेमा प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन सहायक प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद गौतमले गरेका थिए ।

कार्यक्रममा नेपाल फाईनान्सका स्वतन्त्र संचालक आनन्दकृष्ण ताम्राकार र ललितपुर फाईनान्सका अध्यक्ष दिपक महर्जनले शुभकामना ब्यक्त गर्दै प्रारिम्भिक संझौता भएको ६ महिनाभित्रै एकिकृत कार्य सम्पन्न गरी ऐतिहासिक रेकर्ड कायम गरेको र आगामी दिनहरुमा समेत यस्तै रेकर्ड हासिल गर्न संस्था सफल होस भनी शुभकामना ब्यक्त गरे ।

निजि क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा वि.सं. २०४९ सालमा स्थापना भएको नेपाल फाईनान्स लिमिटेड र ललितपुर जिल्लाको पहिलो फाईनान्स कम्पनी ललितपुर फाईनान्स लिमिटेडबीच प्राप्तिको लागि मिति २०७७ पौष २३ गते प्रारम्भिक संम्झौता सम्पन्न भएको थियो । एकिकृत कारोबार पश्चात् विभिन्न १० शाखा कार्यालय र १ विस्तारित काउण्टरबाट आफ्नो सेवा प्रवाह गर्ने छ भने, डिजिटल बैंकिंङ एटिएम कार्ड संचालनको लागि समेत सम्पूर्ण तयारी पुरा गरिसकेको, आगामी बर्षमा समेत शाखा विस्तारको रणनीति लिएको र देशका विभिन्न स्थानहरुमा १० वटासम्म शाखाहरु संचालनमा ल्याउने गरी प्रकृया अगाडी बढाइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत उध्दबराज थपलियाले जानकारी दिए ।

lcci
You might also like

Comments are closed.