नेपाललाई गहुँमा आत्मनिर्भर बनाउने लक्ष्यसहित एग्रिवाच इन्डियासँग सहकार्य

काठमाडौं । नेपाल मैदा उद्योग संघले एग्रिवाच इन्डियासँग सहकार्य गर्ने भएको छ । संघको २४औं वार्षिक साधारण सभामा सहकार्यका लागि दुई पक्षबीच सम्झौता भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितिमा सम्झौता भएको संघका महासचि राधेश्याम अग्रवालले जानकारी दिए ।

आधुनिक प्रविधिमार्फत गहुँ बालीको अनुमान गर्ने र किसानहरूको गहुँ उत्पादन क्षमता वृद्धि गर्ने लक्ष्यसहित सम्झौता गरिएको संघका अध्यक्ष कुमुद दुगडले जानकारी दिए । नेपाललाई गहुँमा आत्मनिर्भर बनाउन यो सम्झौताले योगदान गर्ने संघको दावी छ ।

‘वैज्ञानिक वाली तथ्यांक, किसानहरूको समस्याको गहिरो बुझाइ र लक्षित समाधानहरू लागु गरेर नेपालले आगामी तीन वर्षभित्र गहुँमा पूर्ण आत्मनिर्भरता हासिल गर्ने ठूलो सम्भावना राख्दछ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, यो महत्वाकांक्षी लक्ष्य हासिल गर्न नेपाल सरकार र सबै सरोकारवाला निकायहरूको निरन्तर बलियो समर्थन र सहकार्य अत्यन्त आवश्यक हुनेछ । प्रविधि, नवप्रवर्तन र सही नीतिको माध्यमबाट किसानहरूलाई सशक्त बनाउँदै, हामी नेपालको कृषि भविष्यलाई परिवर्तन गर्न सक्छौँ ।‘

 

You might also like

Comments are closed.