नेपाल हाइड्रो डेभलोपर्सको शेयर र लाभांश घोषणा

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र बोनस शेयर वितरणबाट उत्पन्न कर तिर्न ०.४७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश दर सर्वसम्मत रूपमा प्रस्ताव गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश दरलाई विद्युत नियमन आयोगको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाको अनुमोदन प्राप्त भएपछि मात्र शेयरधनीले पाउनेछन् ।

लाभांश प्रस्ताव पारित भएमा शेयरधनीहरुले पूँजी वृद्धि गर्ने बोनस शेयरका साथ कर प्रयोजनका लागि नगद लाभांश समेत प्राप्त गर्नेछन्, जसले कम्पनीको वित्तीय अवस्था सुधार भएको सकेंत गर्छ ।

You might also like

Comments are closed.