काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले यही जेठ १८ गतेदेखि रु ५ अर्ब बराबरको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र’ निष्कासन गर्ने भएको छ। बैंकले यो ऋणपत्र ७ वर्षे अवधिको रहने जनाएको छ, जसमा लगानीकर्ताहरूले वार्षिक ६ प्रतिशत ब्याज प्राप्त गर्नेछन्।
निफ्राले १ हजार रुपैयाँ अंकित दरमा कुल ५० लाख इकाइ ऋणपत्र सार्वजनिक निष्कासन गर्न लागेको हो। तीमध्ये ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने २० लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ।
सर्वसाधारणका लागि छुट्याइएको इकाइमध्ये १ लाख इकाइ सामूहिक लगानी कोषहरूलाई छुट्याइएको छ भने बाँकी १९ लाख इकाइ सर्वसाधारणले खरिदका लागि आवेदन दिन सक्नेछन्। न्यूनतम २५ देखि अधिकतम १० लाख इकाइसम्म आवेदन दिन सकिने लगानीकर्ताहरूले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतम १० लाख इकाइसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्।
आवेदन दिनका लागि नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू, तिनले तोकेको शाखा कार्यालयहरू तथा सीडीएससीको ‘मेरो सेयर’ प्रणाली प्रयोग गर्न सकिनेछ। छिटोमा निष्कासन बन्द जेठ २१, नभए असार १ सम्म खुल्ला रहने निफ्राले जानकारी गराएको छ । यो ऋणपत्रको निष्कासन छिटोमा जेठ २१ गते बन्द हुनेछ। तर सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा असार १ गतेसम्म बिक्री खुला रहनेछ।
यस ऋणपत्र निष्कासनको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ।
Comments are closed.