विपद्‌ पीडितका लागि बीमा दाबीमा सहयोग गर्न संघको आग्रह

काठमाडौं ।  देशभर विभिन्न विपद्‌का कारण भएको जनधनको क्षतिप्रति नेपाल बीमक संघले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

संघले एक प्रेस विज्ञप्ति जारी गर्दै मानवीय क्षति, व्यक्तिगत तथा सार्वजनिक धनसम्पत्तिमा भएको क्षतिलाई गम्भीरतापूर्वक लिएको बताएको छ । साथै, बीमा पोलिसी लिएका ग्राहकहरूलाई सम्बन्धित बीमा कम्पनीसँग यथाशीघ्र सम्पर्क गरी सहकार्य गर्न अनुरोध गरिएको छ, जसले गर्दा बीमा दाबी प्रक्रिया छिटो र सहज रूपमा अघि बढ्न सकोस् ।

यस्तै, केही सञ्चार माध्यममा बीमा कम्पनीहरूको बीमा दाबी व्यवस्थापन सम्बन्धी आएको समाचारप्रति ध्यानाकर्षण गराउँदै संघले सबै बीमा कम्पनीहरू क्षति व्यवस्थापनमा सक्षम रहेको र हाल पूर्ण रूपमा क्रियाशील रहेको जानकारी दिएको छ ।

संघले बीमा ग्राहकहरू तथा सर्वसाधारणलाई आधिकारिक सूचना मात्रमा विश्वास गर्न तथा विस्तृत जानकारीका लागि सम्बन्धित बीमा कम्पनीहरूमा सम्पर्क गर्न आग्रह गरेको छ ।

You might also like

Comments are closed.