नेपाल बीमा प्राधिकरणको प्रवक्तामा पूजन ढुङ्गेल नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी नियुक्त भएकी छन् ।

प्राधिकरणको अनुसन्धान महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी ढुङ्गेललाई फागुन ५ गतेको निर्णयअनुसार प्रवक्ताको जिम्मेवारी समेत तोकिएको हो ।

सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ अनुसार उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको निर्देशक कुन्दन सापकोटाले जानकारी दिएका छन् ।

You might also like

Comments are closed.