काठमाडौं । नेपाल कुबेत उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्रवीर मालाकार निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा पुष्पदास श्रेष्ठ, उपाध्यक्षमा मीनबहादुर गुरुङ, सकुन्तलाल हिराचन, कुशप्रसाद मल्ली, महासचिवमा रामराज आचार्य, कोषाध्यक्षमा सुरेन्द्रकुमार श्रेष्ठ, सचिवमा रामबहादुर श्रेष्ठ, सहकोषाध्यक्षमा रज्जु तण्डुकार निर्वाचित भएका छन् । सदस्यमा उर्मिला श्रेष्ठ, नारायनदेव राणा र रमेश महर्जन निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष मालाकारले नेपाल र कुबेतको व्यापारिक सम्बन्ध विस्तार गर्ने बताए । दुवै देशको पर्यटन प्रवद्र्धन तथा विकासमा आफ्नो कार्यसमितिले जोड दिने उनको प्रतिबद्धता छ । दुई देशबीच हवाई सेवा विकास गर्नुपर्ने उनको जोड छ ।
नेपाली बस्तुहरुको निर्यात प्रवद्र्धन गर्ने, दुई देशबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने लगायतका प्रतिबद्धता अध्यक्ष मालाकारको छ । संघको स्थापना २०६८ मा भएको हो ।
Comments are closed.