काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले आफ्नो स्थापना दिवस मनाएको छ । बुधबार काठमाडौंको बुद्धनगरस्थित सचिवालयमा शुभकामना आदानप्रदानसहित महासंघको स्थापना दिवस मनाइएको हो ।
महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मीनमान श्रेष्ठ, निर्वतमान अध्यक्ष भेषराज लोहनी लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो ।
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष घिमिरेले महासंघको यात्रामा सहयोग पु¥याउने सम्पूर्ण व्यवसायी र सरोकारवालाहरुमा शुभकामनासहित आभार व्यक्त गरे । उनले घरजग्गा व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन महासंघले खेल्दै आएको भूमिकाका बारेमा समेत चर्चा गरे ।
२०७९ साल वैशाख ९ गते (२२ अप्रिल २०२२) संस्था दर्ता ऐन २०३४ अन्तर्गत स्थापना भएको महासंघले छोटो समयमै नेपालको रियल एस्टेट क्षेत्रमा छाता संगठनको रूपमा बलियो पहिचान बनाएको छ ।

जग्गा तथा आवास विकासमा संलग्न व्यक्ति, फर्म वा कम्पनीहरूका साथै उपभोक्ताहरूको हकहितको रक्षा गर्ने, वैज्ञानिक र योजनाबद्ध शहरी विकासमार्फत देशको अर्थतन्त्रलाई बलियो बनाउन ठोस योगदान दिने, जग्गा तथा आवास विकाससँग सम्बन्धित नीति र कानुन निर्माणमा नेपाल सरकार र सम्बन्धित निकायहरूलाई आवश्यक राय तथा सुझाव प्रदान गर्ने, देशका विभिन्न भागमा रहेका घरजग्गा व्यवसायी संघहरूलाई संगठित गर्दै व्यावसायिक एकता कायम गर्ने गरी महासंघले काम गर्दै आइरहेको अध्यक्ष घिमिरेले जानकारी दिए ।






Comments are closed.