नेपाल जग्गा तथा आवास विकास महासंघद्वारा बाढी पीडितलाई साथ

काठमाडौं । हालैको बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि नेपाल जग्गा तथा आवास विकास महासंघले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ३१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालय पुगेर उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।

विपद्को यस कठिन घडीमा प्रभावित परिवारलाई राहत पु¥याउन र पुनरुत्थानका कार्यमा सघाउ पु¥याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको महासंघले जनाएको छ ।

हस्तान्तरण कार्यक्रममा महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सहभागिता थियो । विपद्को समयमा सरकार र प्रभावित नागरिकहरूलाई सहयोग गर्नु निजी क्षेत्रको पनि दायित्व भएको उल्लेख गर्दै महासंघले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

You might also like

Comments are closed.