नेपाल लाइफद्वारा यती दुर्घटनाको मृतक परिवारलाई १ करोड एक लाखको दाबी भुक्तानी

काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले १ करोड एक लाखको दाबी भुक्तानी गरेको छ ।

पोखरा उ.म.पा–१७, कास्की ठेगाना भएकी बिमित संगिता शाहीको गत माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घंटनामा असामायिक निधन भएको थियो । बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच मृतकले इच्छाइएको व्यक्ति कोपिला घर्ति क्षेत्री (आमा) लाई १ करोड एक लाखको चेक हस्तान्तरण गरिएको हो ।

आफ्नो जीवनकालमा स्व : संगिता शाहीले नेपाल लाइफ इन्स्योरेन्स क.लि बालाजु शाखा कार्यालयबाट २०७९ साल भदौ २९ गते रु.५० लाख बीमांक भएको जीवन सहारा बीमा योजना लिएकी थिइन् । बीमांक बापतको रकम अन्तर्गत रु.५० लाख र दुर्घंटना मृत्यु दावी बापत रु.५० लाख गरी जम्मा रु.१ करोड १ लाख इच्छाइएको व्यक्ति (आमा) लाई प्रदान गरिएको छ ।

२०७९ पौष मसान्त सम्ममा यस कम्पनीको लगानी रु १५६.४४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १५०.८५ अर्ब रुपैयाँ र सेयरधनी कोष ९ अर्ब ५२ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१लाख १५ हजार ४२० बीमालेख जारी गरिएको छ । ग्राहकको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ

You might also like

Comments are closed.