नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सकम्पनीले गत सोमबार काठमाडौंमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२४सम्पन्न गरेको छ । सन् २०२३ जनवरीदेखि डिसेम्बर अन्तिम सम्ममा ‘एम.डी.आर.टी २०२४ ’ का लागि योग्य भएका ११६ जना अभिकर्तालाई सम्मानित गरिएको छ ।
पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल प्रसाद ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको समुद्घाटन गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीले वर्ष सकिएको आठ दिन भित्र नै भव्य कार्यक्रम आयोजना गर्न पाउदा मन हर्षित भएको बताए । “पराक्रमी गति, आक्रामक नीति ” भन्ने नाराका साथ कम्पनीले मनाई रहेको सार्क वर्ष २०८०/८१ को उदेश्यलाई शिरोधार्य गर्दै व्यवसाय विस्तारमा दत्त चित्त भई कार्य सम्पादन गर्न सम्पूर्ण अभिकर्तालाई आग्रह गरे । नेपाल लाइफले बीमा बजारको एक चौथाई भन्दा बढी हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रीरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लागेका सम्पूर्ण अभिकर्ताहरुलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गरेका थिए । नेपाल लाइफ आफैमा जीवन बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको स्थापित ब्रान्ड रहेको र यससँग जोडिन पाउनु हामी सबैको लागि हर्षको विषय रहेको बताए ।

jutta mela

कार्यक्रममा बोल्दै संचालक विमल प्रसाद ढकालले उत्कृष्ट व्यवसाय गर्दै सम्मानित भएका सम्पूर्ण बीमा अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनमा थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

२०२३ मा COT हुन सफल भएका माधव भण्डारीले नेपाल लाइफको सहयोग, मार्गदर्शन, उत्प्रेरणाले नै गर्दा COT बन्न सफल भएको र यस यात्रामा सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरे ।

पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका नव निर्वाचित अध्यक्ष गणेश अधिकारीले सम्मानित हुने सबैलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा थप उर्जाका साथ बीमालाई नेपालीको घर दैलो सम्म पु¥याउन कुनै कसर बाँकि नराखी युद्धस्तरमा सम्पूर्ण अभिकर्ताहरु एक जुट भई लाग्न आग्रह गरे ।

कार्यक्रममा समापन मन्तब्य व्यक्त गर्दै यस कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित हुने सबैलाई बधाई दिदै आगामी वर्ष झन् बढी संख्यामा MDRT हरुलाई सम्मान गर्न कम्पनी लालायित रहेको बताए ।

You might also like

Comments are closed.