काठमाडौं । नेपाल एल.पि. ग्याँस उद्योग संघले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि १ हजार २ सय ५० थान भरिएका एल.पि. ग्यास सिलिन्डर सहयोग गर्ने घोषणा गरेको छ । संघले नेपाल आयल निगममार्फत बाढी प्रभावित लक्षित वर्गसम्म उक्त सिलिन्डरहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
गत २०८३ भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाहरूमा पुर्याएको धनजनको क्षतिप्रति संघले गहिरो दुःख व्यक्त गरेको छ ।
संघका अध्यक्ष दीवान बहादुर चन्दद्वारा जारी विज्ञप्तिमा प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धान्जली तथा शोक सन्तप्त परिवारजनमा संवेदना व्यक्त गरिएको छ । साथै घाइतेहरूको शीघ्र उपचारको व्यवस्था गर्न र बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा जुट्न सबै पक्षसँग हार्दिक अपिल गरिएको छ ।
विप
द्लाई सबैको साझा जिम्मेवारीका रूपमा लिँदै प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाइलाई मध्यनजर गरेर यो मानवीय सहायता उपलब्ध गराइने संघले स्पष्ट पारेको छ ।






Comments are closed.