नेपाल ल्यूब आयलले २० प्रतिशत बोनस शेयर दिने, साधारण सभाको मिति तय

काठमाडौं । नेपाल ल्यूब आयल (NLO) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले सो प्रस्ताव पारित गर्न असोज ३१ गते द प्लाजा, पुल्चोक, ललितपुरमा आफ्नो ३४औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११:३० बजे सुरु हुने कम्पनीले जनाएको छ ।

साधारण सभामा बोनस शेयरको कर प्रयोजनार्थ १.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साथै, २०० प्रतिशत हकप्रद शेयर निष्काशन गरी संकलित रकमको उपयोग गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १२ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार असोज ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

You might also like

Comments are closed.