नेपाल मोबाइल वितरक संघद्वारा यथाशीघ्र एमडीएमएस प्रणाली लागू गर्न माग

काठमाडौं । नेपाल मोबाइल वितरक संघले सरकारलाई यथाशीघ्र एमडीएमएस प्रणाली लागूगर्न अनुरोध गरेको  छ ।

संघले बुधबार एक कार्यक्रमक गरी सरकारलाई विदेशमा रहने नेपाली नागरिकलाई भन्सार छुट तथा निःशुल्क एमडीएमएस प्रणालीमा दर्ता गर्न पाउन व्यवस्था मिलाई यथाशीघ्र मोबाइल डिभाइस म्यानेजमेन्ट लागू  गर्नको लागि अनुरोध गरेको हो ।

सरकारले विदेशबाट आउनेहरुलाई भन्सार छुुटमा मोबाइल फोन ल्याउन दिई मोबाईल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएसमा नि:शुल्क दर्ता गर्न दिएको खण्डमा अहिलेको समस्या समाधान हुने संघले  विज्ञप्तीमा उल्लेख गरेको छ ।

त्यस्तै, एमडीएमएस प्रणाली लागुु गर्न सके अवैधरुपमा भन्सार छलेर ल्याएका फोनको खुलेआम व्यापार गर्नै मोबाइल माफियाहरु निरुत्साहित हुने र नेपालमा कर तिरेर वैधानिक कारोबार गनैृ मोबाइल व्यवसायी मर्कामा नपर्ने संघको ठहर रहेको छ ।

त्यसैगरी, संघले सरकारबाट विदेशमा बस्ने नेपाली नागरिकको हित संरक्षणका लागि गरेको एमडीएमडी प्रणाली स्थगन गर्ने निर्णयले मोबाइल व्यवसायीलाई विस्थापित गराउने, राज्यको अर्बौ राजस्व गुम्ने र अवैध कारोबारमा संलग्न माफियाहरुले प्रश्रय पाउने संघको ठहर छ ।

यस अघी सरकारले पुस पन्ध्र गतेबाट एमडीएमएस प्रणाली लागू गर्ने निर्णय गरेको थियो । तर वैदेशिक रोजगारीबाट फर्किने ब्यक्तिहरुले ल्याउने र पठाउने फोन नेपालमा चल्दैन भन्ने अफवाह र नो रेमिटन्सको कुरा आएको भन्दै प्रधानम्नत्री पुुष्पकमल दाहाल प्रचण्डले सो प्रणाली लागू नर्गन सम्वन्धित निकायलाई निर्देशन दिएका थिए ।

संघले विज्ञप्तिमा , ” अर्बौ लगानी र बर्षौको प्रयासबाट सूचारु भइसकेको एमडीएमएस प्रणालीलाई स्थगन गर्नु विदेशमा बस्ने नेपालीहरुको हितमा नरहेको र यसले त तस्करीहरुलाई खुलेआम अबैध काम गर्नै लाइसेन्स दिएको जस्तो भएन र? ”भन्दै  सरकारलाई प्रश्न समेत गरेको छ ।

साथै संघले विज्ञप्तिमा समस्या  एमडीएमएस प्रणालीमा नभई नेपालको कर व्यवस्थामा रहेको बताएको छ ।एमडीएमएस प्रणाली नेपालमा भित्रिने फोनहरुको तथ्यांक राख्ने तथा नियन्त्रण गर्ने प्रणाली हो ।

You might also like

Comments are closed.