नेपाल फार्मेसी परिषद्को अध्यक्षमा पुनः पाण्डे नियुक्त

काठमाडौं । युवा व्यवसायी प्रज्वलजङ्ग पाण्डे नेपाल फार्मेसी परिषद्को अध्यक्षमा पुनः नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै पाण्डेलाई अध्यक्ष नियुक्त गरेका हुन् ।

यस अगाडिको चार वर्षे कार्यकाल पुरा गरेका पाण्डे पुनः थप चार वर्षका लागि परिषद्को अध्यक्ष पदमा नियुक्त भएका हुन् ।

दोस्रो कार्यकालमा पाण्डेको नेतृत्वमा परिषद्ले नेपालको औषधी तथा फार्मेसीको क्षेत्रमा थप रचनात्मक काम हुने विश्वास गरिएको छ ।

You might also like

Comments are closed.