असामान्य परिस्थितिमा बैंकिङ सेवा सीमित गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पूर्ण इजाजतप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई अत्यावश्यक सेवा मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।

बुधबार जारी सूचनामा राष्ट्र बैंकले नेपाल सरकार, रक्षा मन्त्रालय र नेपाली सेनाले मिति २०८२ भदौ २५ गते जारी गरेको विज्ञप्ति नं। १६ अनुसार हाल कायम असामान्य परिस्थितिमा आवतजावत हुने सीमित कर्मचारीबाट मात्र संवेदनशील प्रणाली ९ऋचष्तष्अब िक्थकतझ० सञ्चालन गर्न निर्देश दिएको छ ।

सूचनामा भनिएको छ, “डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु गर्नुपर्ने भए पनि अन्य प्रणालीहरूमा जोखिमको आकलन गर्दै च्झयतभ ब्अअभकक मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेछ।” साथै, आफ्ना शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी जानकारी आफ्ना वेबसाइट र सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन पनि सूचनामा भनिएको छ।

राष्ट्र बैंकले व्यवसायिक निरन्तरता (Business Continuity) कायम राख्दै वित्तीय प्रणालीमा अनावश्यक जोखिम नलिई आवश्यक सेवा प्रवाह गर्न सबै संस्थालाई आग्रह गरेको छ।

You might also like

Comments are closed.