नेपाल एसबिआई बैंकको एटिएम र पिओएस मेसिनमा रुपे कार्डको प्रयोग

 

काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो एटिएम र पिओएस मेसिनहरूमा रुपे कार्ड प्रयोग हुने जानकारी गराएको छ । नेपालमा रुपे कार्डको सुरुवात संयुक्त रूपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा गरिएको हो ।

रुपे भारतको पहिलो विश्वव्यापी कार्ड भुक्तानी प्रणाली हो र नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डियाको प्रोडक्ट हो । नेपालमा रुपे को सुरुवातले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने अध्याय थप्नेछ र नेपालमा भारतीय मुद्रा प्रवाह बढाउन मद्दत गर्नेछ। नेपालमा रुपे ब्रान्डेडका कार्डहरू स्वीकार हुने एक मात्र बैंक नेपाल एसबिआई बैंक लिमिटेड हो ।

हाल, रुपे कार्डका सबै भेरियन्टहरू नेपाल एसबिआई बैंकको पिओएस मेसिनहरूमा प्रयोग गर्न सकिन्छ भने रुपे कार्डका ग्लोबल भेरियन्ट नेपाल एसबिआई बैंकको एटिएम टर्मिनलहरूमा प्रयोग गर्न सकिन्छ ।

lcci
You might also like

Comments are closed.