काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड, इण्डियन च्याम्बर अफ कमर्शद्वारा सम्मानित भएको छ । बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिने वाणिज्य बैंक तर्फको तीन प्रतिष्ठित पुरस्कारबाट नेपाल एसबिआई बैंक सम्मानित भएकोे छ ।
बैंकले Best Performance on Risk Management, Best Bank and Best Performance on Assets Quality बिधामा उक्त सम्मान प्राप्त गरेको हो ।
भारतको नयाँ दिल्लीमा इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले उक्त पुरस्कारहरू ग्रहण गरेका थिए । यी प्रतिष्ठित पुरस्कारहरूले बैंकको जोखिम व्यवस्थापनका अभ्यासहरु, सञ्चालन उत्कृष्टता तथा बैंकको सम्पत्तिको गुणस्तर कायम राख्ने प्रतिबद्धतालाई जोड दिने बैंकले जनाएको छ ।
बैंकले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
Comments are closed.