काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड (SBI) ले असार ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ सार्वजनिक रुपमा जारी गरेको हो ।
यस ऋणपत्रको कुल मूल्य ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता रहेको छ । जसमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट तथा बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणलाई छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
यसमा लगानी गर्न चाहने व्यक्तिले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ, भने अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त गरिएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू र ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
इक्रा नेपालले ऋणपत्रलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल ए’ (ICRANP IR AA) प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च सुरक्षाको संकेत गर्दछ ।
यस ऋणपत्रबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तपश्चात कर कटौती गरी भुक्तानी गरिनेछ ।
लगानीकर्ताहरूका लागि यो सुरक्षित तथा आकर्षक लगानी अवसर हुनसक्ने विश्लेषकहरू बताउँछन् । इच्छुक आवेदकहरू आजभित्र आवेदन दिनु पर्नेछ ।
Comments are closed.