नेपाल टेलिकमको इन्टरनेट सेवा प्रभावित, पुनःस्थापनाको प्रयास जारी

काठमाडौं । नेपाल टेलिकमको इन्टरनेट सेवामा समस्या देखिएको छ। टेलिकमले अन्तर्राष्ट्रिय सेवाप्रदायकबाट इन्टरनेट सेवा खरिद गरी ग्राहकलाई वितरण गर्दै आएकोमा आषाढ २४ गते बिहान १:३० बजेदेखि एउटा सेवाप्रदायकको नेटवर्कमा समस्या उत्पन्न भएपछि सेवा प्रभावित भएको हो।

समस्या आएपछि सम्पूर्ण ट्राफिक वैकल्पिक सेवाप्रदायकमार्फत सञ्चालन गर्नुपर्दा लिङ्कमा चाप बढेको र त्यसले गर्दा इन्टरनेट स्पिडमा समस्या देखिएको कम्पनीले जनाएको छ।

नेपाल टेलिकमले समस्या समाधान गरी सेवा यथाशीघ्र पुनःस्थापनाको प्रयास जारी रहेको बताएको छ। कम्पनीले अप्रत्याशित रुपमा सिर्जित परिस्थितिका कारण सेवामा समस्या उत्पन्न भई ग्राहकलाई परेको असुविधाप्रति क्षमाप्रार्थी समेत व्यक्त गरेको छ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.