काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको डिजिटल आवश्यकता तथा सन्तुष्टिलाई केन्द्रमा राख्दै ‘मनसुन अफर २०८२’ सार्वजनिक गरेको छ । कम्पनीले भोलि अर्थात् असार २६ गतेदेखि लागू हुनेगरी विभिन्न आकर्षक भ्वाइस, डाटा र एसएमएस प्याकेजहरु उपलब्ध गराउने भएको हो ।
टेलिकमले ‘ग्राहक सेवामा समर्पित’ भन्ने नारालाई आत्मसात गर्दै ग्राहकको प्रतिक्रिया र आवश्यकतालाई ध्यानमा राखी नयाँ अफर ल्याएको जनाएको छ। अफर अन्तर्गत शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूलाई लक्षित गरी बोनस प्याकेजसमेत उपलब्ध हुनेछ। साथै, ‘सजिलो अनलिमिटेड ६९९’ र ‘सजिलो अनलिमिटेड ७९९’ प्याकेजमा ३० प्रतिशतसम्म छुट दिइने कम्पनीले जानकारी दिएको छ।
ग्राहकहरूले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ एप प्रयोग गरेर प्याकेज सम्बन्धी जानकारी लिनुका साथै सजिलै खरिद गर्न सक्नेछन्।
अफरसम्बन्धी थप विवरणका लागि कम्पनीको आधिकारिक वेबसाइट www.ntc.net.np मा हेर्न सकिनेछ।
Comments are closed.