नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त

काठमाडौं ।  नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छिन् । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णय अनुसार उनलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ ।

यसअघि उनी कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिईन् । जेठ २८ गतेदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी छिन् । नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बी.ई. गरेकी हुन् ।

उनले २०४९ माघ २५ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरि २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिईन् ।

पदभार ग्रहण गदैृे नेपाल टेलिकमका नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले विषम परिस्थितिमा आफूप्रति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गरेको जिम्मेवारीलाई सबैको साथ र सहयोग लिएर पूरा गर्दै कम्पनीको प्रगतिका लागि अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । .

You might also like

Comments are closed.